२०८३ भदौ १ , सोमवार

खांचो एक्काईसौ शताब्दीको भुराजनिती बुझेको राजनीतिक नेतृत्वको

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल –

विश्व भुराजनितीमा तिब्र भुगर्भिय (Tectonic Swift) परिवर्तन तिर लंम्किदैछ । विश्व बहुध्रुवियता तिर लम्किसकेको छ । दोश्रो विश्व युद्ध पछि दुई शक्तिशाली देश अमेरिका र तत्कालीन स‍ोभियत रुसले नेतृत्व गरेको उत्तरी एटलान्टिक संगठन (NATO) र वारस्वा (WARSWA) समुहमा विभाजित भएका थिए । उत्तर एटल्यान्टिक संगठन ( NATO) को नेतृत्व उत्तर अमेरिकाले गरेको थियो भने वारस्वा (WARSWA) समुहको नेत्रत्व तत्कालीन सोभियत रुसले गरेको थियो । तत्कालीन समयमा विश्वका विभिन्न देशहरु यी दुई शक्तिशाली देश अमेरिका र सोभियत रुस संग जोडिनु गौरव मान्ने गर्दथे । यी दुई शक्तिशाली देशका समुहमा आवद्ध न भएका देशहरु असलग्न समूह (NAM) बनाएर बसेका थिए । यो असलग्न समुहमा नेपालका साथै भारतको पनि सक्रिय सहभागीता थियो । तर चीन असलग्न समुहमा समावेश थिएन । तर चीन प्रायः जसो असलग्न समुहका देशहरुसंग नै सहकार्य गरेको देखन्थ्यो ।   नेपालले  दुई ध्रुविय विश्वमा आफ्नो  सार्वभौमसत्ता, अस्तित्व, स्थान  र पहिचान बनाई राख्न  चुनौतीपूर्ण  रहेको  थियोे ।
एक्काइसौं शताब्दीको विश्वमा नेपालले राजनीतिक, आर्थिकसामाजिक विकासमा फड्को मार्न सर्व स्विकार्य भुराजनितीक एंव विदेश निति  अवलम्बन गर्नुपर्नेछ । सर्व स्वािकार्य नितिको अर्थ हो नेपालका सबै  नयाँ पुराना राजनीतिक दलहरु नागरिक समाज, नेपालको परंरागत शक्तिहरु  एकै ठाउँमा आवद्ध भई “राष्ट्रिय रिकन्सिलेशन शक्ति” (National Reconcillation Force) बनाउनुको  विकल्प छैन । तत्कालीन राजा पृथ्वीनारायण शाहले दिएको संदेशमा नेपाल दुई ढुंगा बिचको तरुल हो भन्ने गरेकम थिए । यश उपदेशको पछाडि नेपालको भुराजनितिक अवस्थाको जटिलता तत्कालीन राजा पृथ्वीनारायण शाह राम्रो बुझेका रहेछन् ।  यसको अर्थ हो नेपाल आफ्ना छिमेकी देशहरुसंगको संबन्धमा संवेदनशील, एक अर्काको स्वार्थमा तटस्थ र आवश्यकता अनुसार  लचिलो हुनुपर्छ भन्ने आशयबाट भनिएको थियोे।
नेपालको भुराजनितीक संवेदनशीलतामा मुलुकको न पुराना राजनीतिक दलहरुका सरकारले नै यथेष्ट  ध्यान पुर्‍यो र न  वर्तमानको प्रचण्ड बहुमत सहित सत्ता आरोहण गरेको रास्वपाको सरकारलेनै ध्यान पुर्‍याउन सकेको छ ।
वर्तमान भुराजनितीमा पुराना संरचना र संगठनहरुलाई भत्काउदै जाने अनि नयाँ संरचना अर्थात् नयाँ नयाँ गठबन्धनहरु बनाउदै जाने विश्वका अनेकन देशहरुका बिच होडबाजी चलिरहेको छ । यहीँ होडबाजीको नयाँ रुपमा अमेरिकी ईरान युद्ध, रुस युक्रेन युद्ध, ईजराईल हमास/हजबुल्ला बिच युद्ध, अरब देश  यमनको सरकारी सेना र  हुति बिद्रोहीहरु बिचको लामो समय देखि युद्धहरु चलिरहेको छ । यी सबैले युद्धरत देशहरू  दुई ध्रुविय विश्व शक्ति ( अमेरिका र रुस) बाट अलग्गिएर बहुध्रुविय विश्व तिर अग्रसर हुदै गएको देखिन्छ ।  एक्काइसौं शताब्दीमा क्षेत्रीय शक्तिका रुपमा चीन, अरब देशहरु, रुस उत्तर कोरिया, जापान दक्षिण कोरिया आदि देशहरुले बहुध्रुविय विश्व तिर प्रस्थान गरेका छन् ।
पुराना समयका दुई ध्रुविय भुराजनितीको मियोहरु क्रमश ध्वस्त हुँदै गएको देखिन्छ । रुस युक्रेन युद्ध, अमेरिका ईरान युद्ध, ईजराईली हमास/ लेवनानी हजवुल्ला संगको युद्धनै किन न होस यी सबै खाले युद्धले नयाँ शक्तिहरुको उदय हुदै गरेको प्रष्ट देखिन्छ । नयाँ भुराजनितीक छेत्रहरुमा नयाँ नयाँ गठबन्धन बन्दै गर्दा नेपालले समयको चापलाई बुझ्न अत्यन्त जरुरी छ । अरब, एशिया, अफ्रिका, युरोप आदि देशहरूले बहुध्रुविय क्षेत्रीय शक्तिहरु निर्माण हुदै गर्दा दक्षिण एशियाली देशहरु राजनीतिक र सामरिक शक्तिका रुपमा संगठित हुन सकि राखेका छैनन् ।  ईरान, युक्रेनमा भईरहेको असय, अपरिपक्व निर्णका कारण  अमेरिका विश्व भुराजनितीबाट अलग्गिदै जानू परेको देखिन्छ । युरोपेली देश र अमेरिकाको उत्तर एटलान्टिक संन्धि ( NATO) मा अमेरिका एक्लिदै पर्न  गएकोछ । हालको ईरान अमेरिकी लडाइँमा NATO को समर्थन जुटाउन अमेरिकी नेत्रित्व असफलनै भएको देखिन्छ ।
रुस र चीन कुनै पनि  ओपचारिक रणनीतिक समझदारी न गरे पनि अमेरिकालाई एक्कलाउन दुबै देशहरु एकै ठाउँमा उभिएका छन् । तर चीन एशिया पेसिफिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सामरिक र रक्षा पंक्ति बलियो बनाई डेरा जमाई राखेको छ ।
भारत दक्षिणी गोलार्धको दक्षिण दक्षिणको संम्बन्धबनाउनमा सक्रियता भई रहेको छ । विश्व भुराजनितीमा भारत ‘ रणनीतिक तटस्थता’ अपनाई रहेको छ ।  वैश्विक दक्षिणी ( Global South) देशहरूमा भारत, ईन्डोनेशिया, अरब देशहरु, अफ्रिकी देशहरु  आ आफ्ना लागि भौतिक विकास, राजनीतिक सहजता र आर्थिक बिकासलाई तिब्रता दिनका लागि  रक्षात्मक space खोजी रहेका छन् ।
अमेरिक, ईजराई र ईरानको बिचको रक्षात्मक लडाइँमा अमेरिकाले अरबका छ देशहरु साउदी अरब, कुवेत, बहराइन, कतार, संयुक्त अरब ईमरेट, ओमनमा ईरानको बढ्दो सैनिकी महात्वाकांक्षालाई रोक्न अमेरिकाका ठुला  साना गरि झन्डै ३८ वटा हवाई अड्डाहरु संचालनमा रहेता पनि अरबमा रहेको आफ्नो हवाई अड्डा सुरक्षित राख्न सकेको छैन । सन् २०२६ फेब्रुअरीमा शुरु भएको अमेरिकी ईरान लडाइँबाट अरब देशहरूले पनि ठुलो क्षति बेहोर्नु परिरहेकोछ । यस्तो अवस्थामा यी अरबी देशहरूले पनि उत्तर एटलान्टिक संन्धि ( NATO)जस्तै   आफ्नै क्षेत्रीय सुरक्षा संगठन बनाउने सोचमा पुगेका छन् । अमेरिकी ईरानको युद्धको घटनाले अरब देशहरूले अमेरिकी सुरक्षामा मात्र भर पर्न न सक्ने देखेरनै अरबका देशहरूले आफ्नै रक्षात्मक र सुरक्षात्मक संठन बनाउन तत्परता देखाएका छन् । एक्काइसौं शताब्दीको भुमंन्डलिकरणिय सुरक्षाबाट आ आफुलाई सुरक्षित राख्न भुराजनिती अवस्थित सुरक्षा कवच बनाउन विश्व का धेरै देशहरुले पहल गरेको देखिन्छ ।
नेपालको साना राज्यहरुको एकिकरणको अभियामा महत्त्वपूर्ण भुमिका खेलेका पुर्व राजा पृथ्वीनारायण शाहको दुरदर्शिताका कारणले  नेपालले समय समयमा प्रोक्सि लडाइँ तिब्बत, बृटिश भारत र भिमकाय राज्य चीन संग युद्ध पनि गरे र आवश्यकता अनुसार तत्कालीन राज्य सत्ता लचिलो भई संवाद पनि गरि रहे । यो कुटनैतिक चालबाट नेपालको अखंडता र सार्वभौमिकतालाई जोगाई राख्न सफल भएका थिए ।
प्राचीन भारतमा खेतीपाती,  ब्यापारीक जलमार्ग र श्रोतका लागि राज्य राज्यका बिच प्रतिस्पर्धा हुने गर्थ्यो । मिसोपिटामिया क्षेत्रका राज्य र प्राचीन ईजिप्टमा त्यस क्षेत्रमा रहेका नदिहरु ब्यापारीक मार्ग प्रयोग र उर्वर भुमिहरु छिनाझप्टी गर्ने गरेको अननन्य उदाहरणहरु छन् ।
एक्काईसौ शताब्दीमा विश्व भुमन्डलिकरण हुँदै गर्दा भुराजनितीले पनि विश्वमा शक्ति प्राप्त गर्न सामरिक प्रतिस्पर्धा बढ्दै जादा साना साना देशहरू बहुध्रुवियतामा आ आफ्नो space बनाउन  चिन्तित छन् । विश्वका सामरिक महत्त्व भएका देशहरूको ओत लाग्नुपर्ने अवस्था पनि आएको देखिन्छ । विश्व मानचित्रमा साना साना देशहरुमा नेपाल पनि पर्दछ । बहुध्रुविय विश्वको दबावमा नेपाल राज्य पनि पर्न गई रहेको आम नेपालीको बुझाई रहेको छ। नेपालको वर्तमान सत्ताधारी दलले बहुध्रुविय विश्वको रणनैतिक साझेदार हुन छिमेकी देश भारत र चीन संग सहकार्य गर्नुपर्नेछ ।  यस्तो सहकार्यबाट नेपालले प्राबिधि भित्र्याउन, आर्थिक लगानी भित्र्याउन, एआई सेवाको स्थापना, उर्जामा लगानी, कृषि उत्पाद बढाउन, पर्यटनको समुचित प्रवन्ध गर्न र दुई छिमेकी देश भारत र चीनलाई प्राथमिकता राखि ब्यपारिक साझेदारी बढाउन नेपालले आफ्नो कुटनैतिक छमता बढाउन सक्नुपर्छ ।  एक्काइसौं शताब्दीको नेपाल दुई Gaint छिमेकी देशहरुको तरुलबाट ब्यपारिक पुल ( Trading Bridge) बन्न सक्नुपर्छ ।
नेपालको प्राकृतिक श्रोतमा जलविद्युत, पर्यटन, खनिज खानीमा दैलेखको ११२ अरब घनमिटरको प्राकृति ग्यास,  नेपालको पुर्वीय पहाड र खोलाहरुमा रहेको ु दुर्लभ पृथ्वी तत्व (REEs), दक्षिण एशियाली देशमा connectivity , बिद्युतिय उपकरणको उत्पादनमा उपयोग हुने Semi conducter बनाउन समेत प्रयोग हुने दुर्लभ पृथ्वी तत्वहरु ( झन्डै छ थरीका दुर्लभ तत्व)  को क्षेत्रीय बजारको केन्द्र हुने प्रवल संभावना छ । यसरी नेपाल क्रितृम बुद्धिमता ( AI) प्रसोधन र प्रवर्द्धनका लागि सभाव्य गन्तव्य पनि  हो । नेपालको जलविद्युतको अपरिसिमीत श्रोतका कारण AI उद्योग, रेलमार्गको connectivity का लागि रुसले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय रुस भारत  ईन्डो पेसिफिक रेल जस्को लंम्बाई करिब ७,२०० किलोमिटर हुनेछ यसमा समुद्री मार्ग पनि पर्नेछ नेपाल एउटा प्रवर्द्धकको रुपमा उभिन सक्छ  । भारतले सन् १९९० तिर River Link परियोजनालाई अगाडि सरेको छ । यो Link परियोजनामा नेपालले पनि आफ्नो भुभागबाट बग्ने कोशी, नारायणी, कर्णाली र महाकाली नदिहर  लाई समेत भारतको River Link परियोजना संग जोड्न सकेमा नेपालले पनि भारतीय तटबाट जलमार्ग द्वारा  नेपाल जोडिनेछ ।  नेपालले पनि भारतले आत्मसात गरेको River Link परियोजनाबाट हिमाली क्षेत्रको  जलवायु परिवर्तनबाट जोगाउन समुचि प्रवन्ध गरि भारतको रिभर लिंक परियोजनाले नेपालको वातावरणीय  संरक्षण र संवर्धानमा अहम् भुमिका खेल्न सक्छ भन्ने बौद्धिक जगतको समेत  ठम्याइ रहेको छ । वैश्विक भुमन्डलिकरणको नेपालले  भारत र चीनका बिच ब्यापारीक पुल बन्न सक्नेछ । एशियाका यी दुवै बिशाल देश बिचको ब्यापारका लागि नेपाल  केन्द्र ( Hub) बन्ने बनाउने सरकारले अग्रसरता लिनुपर्ने छ । नेपालबाट उत्पादित सामग्रीहरुको प्राथमिक बजार भारत र चीननै हुने हो । कृषि उत्पादन, जलविद्युत, जडिबुटी,दैलेखको प्राकृतिक ग्यास र विद्युतिय उपकरणहरु नेपालका प्रमुख निर्यात योग्य वस्तु हुन । नेपालले चीन, रुस, भारत र पश्चिम एशियाली देशहरु द्वारा प्रवर्धित संघाई कोपरेशन ओर्गनाईजेशनमा (SCO)  नेपालको उर्जा ब्यापारका साथै कृषि उत्पादनको निर्यातका संभावनालाई बढावा दिने प्लेट फर्म हुन हुदा सरकारले कुटनैतिक पहल शुरु गर्नुपर्नेछ ।
नेपालले वैदेशिक लगानी भित्र्याउन वर्तमानको कानुनी संरचनाको पुनरावलोकन गरि डिजिटल प्रविधिको प्रयोग द्वारा सबै तह र तब्काका सरकारहरुबाट  प्रयोग गर्न गराउने र सारकारका काम कार्वाही  पारदर्शी, उत्तरदायित्व,  भ्रष्टाचारमा शुन्य सहनशीलताको निति अबलंम्वन गर्ने काम हरेक तहका सरकारहरुलाई उक्साउने ( instigate ) कार्य  गर्न सक्नुपर्छ  । सरकार संचालन, ब्यवस्थापन र निति निर्माणमा पारदर्शिता, उत्तरदायित्वपना र  सुशासनका अबयबहरु हरेक तहमा लागू गर्न सक्नुपर्छ । मुलुकमा कुटनैतिक परिपक्वताको खडेरी लागेको छ । कुटनैतिक कौशलता बिनाको सरकार वर्तमान भुराजनितिक परिवेशमा असफल भई नेपाल र नेपाली ले कष्टकर जीवन बिताउनु पर्ने अवस्था न आउला भन्न सकिदैन । सरकारले अध्यारोमा ढुंगा हानेर सिकार गर्न उद्त भएर अगाडि बढदै जाने हो भने मुलुक दिशाहिन अवस्था पुग्ने संभावना निश्चित छ । जेन जी आन्दोलनको राप र तापबाट जनताले सोचेको परिवर्तन उल्टो दिशा तिर जाने संभावनालाई रोक्न सरकार संवेदनशील भई राज्यका  सहि ब्यक्ति  सहि सहि ठाउँमा  ( Right Person in Right Place) को पहिचान गर्नुपर्ने आम नेपालीले अपेक्षा गरेका छन  । वर्तमान सरकार भाद्र २३ र २४ को जेन जी आन्दोलन पश्चात्   २०८२ साल फाल्गुन २१ गतेमा भएको संघीय चुनावमा अपार बहुमतबाट सत्ता आरोहण भएको रास्वपाको सरकार हो । यो सरकार बाट जनताका असंख्य अपेक्षाहरु पूरा हुने आशा समेत गरेका छन् । लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ बनाउन र देशमा  वैदेशिक लगानी भित्राउन  मुलुकको भुराजनितिको परिवेशलाई   संवेदनशील भई सरकारका सबै तह र तब्काका जिम्मेवार  नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा क्षेत्रका जिम्मेवार पदाधिकारीहरुको आचरण र ब्यवहारमा सुधार गरि  मुलुक भित्रै  रोजगारी श्रजना गर्न गराउने दायित्वबाट सरकार पन्छिन पाउदैन । लोकतान्त्रिक ब्यवस्थाको बिल्प सुदृढ लोकतान्त्रनै हो भन्ने हेक्का सबै नेपालीमा रहोस् ।

लेखक: राम कृष्ण पोखरेल ( बिकाश विज्ञ)