२०८३ भदौ १ , सोमवार

नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

nepal-airlines-e1764576509721

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। तोकिएको मापदण्ड भन्दा बढी विदेशी मुद्रा साथमा ल्याएको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथमा तोकिएभन्दा बढी अमेरिकी डलर भेटिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ५ हजार डलरसम्म बोक्न पाउने व्यवस्था रहेकामा उनीहरूको साथमा सोभन्दा बढी डलर भेटिएको विमानस्थल सुरक्षा प्रहरीको भनाइ छ ।

यद्यपि प्रहरीले पक्राउ परेका दुवैजनाको परिचय भने खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।