२०८३ भदौ १ , सोमवार

भाद्र महिनाको पहिलो दिन कुन राशिका लागि कति शुभ ?

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

मेष  ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहोलामा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

वृष  (  ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )  धन, सम्पत्ति, चिट्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ ।

मिथुन  ( का,की,कू,घ,ङ,छ,के,को,हा )  घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट  ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )  औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पुँजी बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट आम्दानी बढाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ ।

कन्या  ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ ।

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । तर पनि लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )  प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर  ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ । शिक्षा कै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ ।

कुम्भ  ( गू,गे,गो,सा,सी,सू,से,सो,दा)  भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला ।

मीन  ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )  जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । शेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।