२०८३ श्रावण ३१ , आइतवार

एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज चाँदीको कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।