२०८३ श्रावण ३१ , आइतवार

छात्रालाई अश्लील म्यासेज गरेको आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

छात्राहरूलाई अश्लील म्यासेज पठाएको आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। पश्चिम नवलपरासीको सुस्ता–१, सिङाहास्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भरत न्यौपाने बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्।

सामाजिक सञ्जालमार्फत अश्लील तथा अमर्यादित सन्देश पठाउने र यौनजन्य दुव्र्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा ४६ वर्षीय न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।