२०८३ श्रावण ३१ , आइतवार

कस्तो रहला तपाईँको यो साता रहँला ? पढ्नुहोस साप्ताहिक राशिफल

mangalbarko-rashifal-1024×576

 

सुनाखरी न्युज/ काठमाडौं । 

 

आइतबारदेखि भाद्र ६ गतेसम्मको साप्ताहिक राशिफल

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )  दैनिक उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । साताको अन्त अर्थात् बिहीबारबाट आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ ।

वृष  ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )  साताको समय राम्रो रहेकोले व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा )  सोमबारसम्मको समय मध्यम रहेकोले आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ । मंगलबारबाट आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । रोजगारीको खोजीमा हुनेहरूले काम पाउने सम्भावना रहेको छ । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको योग रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइने हुनाले आम्दानी बढ्नेछ ।


कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )  समय राम्रो रहेकोले लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ ।

सिंह  ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । बिहीबारबाट समय मध्यम रहेकोले व्यक्तिगत समस्या बढ्नेछ ।

कन्या ( टो,पा,पी,पु,ष,ण,ठ,पे,पो ) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । धार्मिक वा साङ्गीतिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )  सोमबारसम्मको समय मध्यम रहेकोले माया प्रेममा धोका हुनेछ भने पति पत्नी बिच दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । मंगलबारबाट दैनिक उपभोग्य बस्तु, गरगहना तथा औषधीजन्य व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । शेयर बजारमा गरिने लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )  साताको समय राम्रो रहेकोले लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ ।

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । गीत सङ्गीतको लागी यात्राको अवसर जुर्नेछ । साताको अन्त अर्थात बिहीबारबाट आम्दानी हुने तथा आर्थिक पक्ष दुर्बल देखिन्छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योग, व्यापार र शेयर बजारमा लगानी बढाई रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जाने तथा उपहार प्राप्तिको योग रहेको छ ।

कुम्भ  ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )  सोमबारसम्मको समय मध्यम रहेकोले रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउने हुनाले औषधी उपचार खर्च बढ्नेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) समय राम्रो रहेकोले राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसाय वा शेयर बजारबाट आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् ।