२०८३ श्रावण २९ , शुक्रवार

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्चद्धारा पूर्वप्रधानमन्त्री भट्टराई र नेपालसँग लिखित जबाफ माग

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लिखित जबाफ माग गरेको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार  लिखित जबाफ माग गर्ने आदेश गरेको हो।

विपक्षीहरूलाई सूचना म्याद पाएको मितिले १५ दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ।

‘प्रत्यर्थीहरू मध्येका माधवकुमार नेपाल र बाबुराम भट्टराईको हकमा आफै वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्नुहोला भनी प्रस्तुत आदेश रिट निवेदनको एक-एक प्रति नक्कल समेत साथै राखी प्रत्यार्थीहरूका नाममा सूचना म्याद जारी गर्नू,’ आदेशमा भनिएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुई पूर्वप्रधानमन्त्रीहरू भट्टराई र नेपालमाथि पनि मुद्दा चलाउन माग गर्दै २०८१ फागुन ८ गते रिट दायर गरेका थिए।

 

 

उक्त रिटमा सुनुवाइका लागि साउन २१ गते पेसी तोकिएको थियो।

त्यतिबेलै हेर्दाहेर्दैमा राखिएको मुद्दालाई बिहीबारको इजलासले आदेश गरेको हो।