
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ ।
नेप्से सूचक बिहीबार ८.८१ अंक बढेको थियो । शुक्रबार १ सय १ कम्पनीको मूल्य बढेको छ भने १ सय ६४ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकममा भने सुधार आएको छ ।
बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सबै समूहगत सूचक उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०।१४, विकास बैंक ०.३३, फाइनान्स ०।७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ तथा व्यापार २.५७ प्रतिशत घटेको छ ।
शुक्रबार जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशत बढेको छ ।