२०८३ श्रावण २९ , शुक्रवार

सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ तोकिएको छ। यता, चाँदीको मूल्य पनि घटेको छ।

चाँदी प्रतितोला ९० रुपैयाँले घटेर आज ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।