
सुनाखरी न्युज/ काठमाडौं।
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले शान्ति सुरक्षाका साथै दैनिक जीवनका आवश्यकता बस्तुको सहज परिपूर्ति गर्न माग गरे ।
बैठकमा नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले नेपाली जनता खाना पकाउने ग्यास, महँगीको मारका परिरहेका प्रति सरकारको ध्यानाकर्षण गराउँदै मौलिक हकभित्र नै व्यवस्था भएको खाद्य, स्वास्थ्य शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरिन् । उनले सामाजिक सञ्जालबाट एक अर्कालाई गालीगलौज गर्नेक्रम बढ्दै जानुप्रति चिन्ता व्यक्त गर्दै पवित्र भूमि नेपालमा त्यस्तो असहिष्णुता सैह्य नहुने बताइन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रेणु चन्दले साम्प्रदायिक घटनाका नाममा मधेसमा भएको घटनाको दोषीउपर तत्काल कारबाही गरी उक्त क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा (एमाले) सांसद मीना सिंह रखालले सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखेको भए पनि सुकुमवासीको व्यवस्थापन प्रभावकारी हुन नसक्दा नागरिक थप पीडामा परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।