२०८३ श्रावण २८ , बिहिवार

सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

Gauri-Kumari-Yadav-Supath-Mulya-Pasal-Singhdurbar-1024×712

सुनाखरी न्युज/ काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।

त्यहाँबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।

बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् ।