२०८३ श्रावण २८ , बिहिवार

आज स्वदेश फर्कँदैछन् देउवा दम्पती

DEUBA

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदैछन्।

हङकङबाट उनी  स्वदेश फर्किन लागेका हुन्।

थाइ एयरको विमानबाट उनी आज मध्याह्न १२:२५ बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए।

उनलाई कांग्रेसको इतर पक्षले विमानस्थलमा स्वागत गर्ने तयारी गरेको छ। त्यसका लागि ठूलो संख्यामा समर्थकहरू त्रिभुवन विमानस्थल पुग्ने तयारी छ।