२०८३ श्रावण २८ , बिहिवार

किन, पक्राउ परे बरिष्ठ पत्रकार किशोर श्रेष्ठ ? के भन्छ प्रहरी ?

kishor-shrestha-1786549880

सुनाखरी न्युज/ काठमाडौं ।

बरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको बुझीएको छ। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।

ब्यक्तीको गोपनीयतालाई ख्याल नगरी बाहिर ल्याएको अभियोगमा काठमाडौं परिसरले पक्राउ गरि परिसरको हिरासतमा राखिएको प्रहरी प्रवक्ता डिआईजी अभिनारायण काफ्लेले पुष्टी गरेका छन् ।

श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।