२०८३ श्रावण २७ , बुधवार

माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत

ipo listing

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज  ( नेप्से )  मा माउन्ट एभरेष्ट पावर डेभलपेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणका लागि बाँडफाँड गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता सेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको सेयर आज, बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।