
सुनाखरी न्युज/ काठमाडौं ।
नाइमा एक्स्पोमा बैंक तथा बित्तिय संस्थाका अफरै अफर अघि सारिएको छ ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ लाई लक्षित गर्दै बैंक तथा बिमा कम्पनीले सवारीसाधन कर्जामा विशेष ब्याजदर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन् । ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंले अटो कर्जामा आकर्षक ब्याजदर तथा अन्य सुविधासहितका योजना ल्याएका हुन् ।
बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छुट दिने योजना अघि सारेका छन् ।
एनएमबी बैंकले विद्युतीय सवारीसाधन बुक गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधनका लागि आधार दरमा ०.५ प्रतिशत ब्याजदर मात्र थपेर कर्जा दिने भएको छ ।
ग्लोबल आईएमई बैंकले ५.२५ प्रतिशतदेखि प्रिमियम सुरु हुने गरी विशेष योजना ल्याएको छ ।
सिद्धार्थ बैंकले अफरअन्तर्गत ०।५ प्रतिशत प्रोसेसिङ शुल्क र ब्याजदरमा वार्षिक १ प्रतिशत प्रिमियमको व्यवस्थाको अफर ल्याएको छ ।