२०८३ श्रावण २६ , मंगलबार

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठग्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

pratik-budathoki-arrest-768×391

सुनाखरी न्युज/ काठमाडौं ।

रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ परको छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। वैदेशिक रोजगार विभागको पक्राउ पुर्जीका आधारमा उनलाई प्रहरीले रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई सोमबार बुटवलबाट पक्राउ गरिएको हो। उनले ग्याट्सबी इन्टरनेसनल प्रालिमार्फत ११५ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट कुल २ करोड ८० लाख रुपैयाँ उठाएको आरोप छ।

बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप कारबाही तथा अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।