
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले खाना पकाउने ग्यासको विकल्पमा बिजुली प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको छ।
केन्द्रीय समिति जारी बैठकमा कांग्रेसले जनजीविकाका सवालमा छलफल गरेको थियो।
छलफलपछि प्रवक्ता देवराज चालीसेले सरकारले बिजुली प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए।
सिलिण्डरमा १४.२ केजी भर्नु पूर्व ग्यासको स्टक, आयात हुने परिमाण, आयात गर्न सकिने क्षमता, बजारको आवश्यकताको अध्ययन नगरि हचुवाको भरमा सस्तो लोकरिझाइँका लागि १४.२ केजी भर्न निर्देशन दिनुले सरकारको वचपन उजागर भएको कांग्रेसको भनाइ छ।
यस्ता विषयमा निर्णय लिनु पूर्व सरोकारवालाहरूसँग यथेष्ट छलफल गरि निर्णय लिनु पर्नेमा पूर्व तयारी नगर्दा मुलुकमा खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भई नागरिकले दुःख भोग्नु परिरहेको कांग्रेसको भनाइ छ।