
सुनाखरी न्युज/ काठमाडौं ।
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा vभएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्प करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले पनि पश्चिमी कोलम्बियामा ७।४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्वतर्फ र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।