
सुनाखरी न्युज/ काठमाडौं ।
भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ ।
विशेष अदातलतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासबाट सोमबार प्रमाण बुझ्ने आदेश भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
अख्तियारले भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाएको थियो ।