
सुनाखरी न्युज/ काठमाडौं ।
धनुषाको ढल्केबरमा नै ट्रमा सेन्टर बनाउन माग गर्दै ढल्केबरमा आन्दोलन भएको छ। संघर्ष समितिले ढल्केवरमा आज बिहान पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।
बुधबार सदनमा स्वास्थ्यमन्त्री लाहानमा बन्ने जानकारी गराएकी थिइन् । बिहान ११ बजेदेखि ११ : ३० बजेसम्म राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ । उनीहरुले सडकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
यस्तै समितिले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको घोषणा गरेको छ।
बुधबार प्रतिनिधि सभामा स्वास्थ्यमन्त्री निशा मेहताले ट्रमा सेन्टर लाहानमा बन्ने जानकारी दिएकी थिइन्। यसपछि प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन्।