२०८३ श्रावण २५ , सोमवार

देशभरका करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ

ctevte_Y5uX2BPHQJ-768×346

सुनाखरी न्युज/ काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्   ( सीटीइभीटी ) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सीटीईभीटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअन्तर्गत देशभरिका करिब २,२०० करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।

​आन्दोलनरत कर्मचारीहरूले समान कामका लागि समान ज्याला, स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेसागत स्थायित्वको मुख्य माग राखेका छन्।