२०८३ श्रावण २४ , आइतवार

ग्यासको कालोबजारी रोक्न सादा पोसाकका प्रहरी खटाइने

gas

सुनाखरी न्युज/ काठमाडौं ।
खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।
उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन् ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै  सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउँदै दोषी भेटिए कानुनअनुसार कारबाही गर्ने तयारी गरेको छ।