
सुनाखरी न्युज / काठमाडौं ।
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। पुर्व महामन्त्री महामन्त्री डा।शशांक कोइरालाको नेतृत्वमा संयोजकत्वमा शनिबार राष्ट्रिय भेला आयोजक समितिको घोषणासमेत गरिएको छ । सभापति थापाले बिशेष महाधिवेसनमार्फत नेपाली कांग्रेसको नेतृत्व लिए पछि तत्कालिन संस्थापन समुह पुरै असन्तुष्ट भइरहेको बेला साउन २९ देखी ३१ गतेसम्म देउवा समुहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
उक्त भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालासमेत सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाका लागि शशांकको नेतृत्वमै ५५१ सदस्यीय समिति गठन गरिएको छ । देउवा साउन २८ गते स्वदेश अर्थात काठमाडौं फर्किने भनिएको मितिको भोलिपल्ट यो भेला आयोजना गरिन लागिएको हो । सो भेलाको औचित्यका बारेमा संयोजक कोइरालाले अपिल पनि सार्वजनिक गरिसकेका छन् ।
स्वास्थ्योपचारका लागि फागुन २१ को चुनावअघि सिंगापुर गएका देउवा बीचमा केही समय हङकङ बसेका थिए। हाल उनी सिंगापुरबाटै नेपाल फर्कने तयारीमा छन्। देउवा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।