२०८३ श्रावण २२ , शुक्रवार

२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

WhatsApp-Image-2026-08-07-at-09.32.36-1786074573

 

सुनाखरी न्युज / काठमाडौं ।

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।उक्त उपभोक्ताले १० लाख रुपैयाँ बराबरको बम्पर उपहार प्राप्त गरेको आन्तरिक राजस्व विभागले जनाएको छ।  ती उपभोक्ताले साउन ७ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको उक्त स्टोरबाट सामान खरिद गरेका थिए । उपहार पाएको रकममा कर कटाएर उपभोक्ताले पाउने विभागका महानिर्देशक भीष्मराज भूसालले जानकारी दिए ।

भूसालका अनुसार अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । एक लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएको छैन । उनीहरूको गोपनीयता कायम गर्नका लागि परिचय नखुलाएको महानिर्देशक भूसालले जानकारी दिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिनाको १६ गते  ( १ देखि १५ गतेसम्मको )  र महिनाको अन्तिम दिन ( १६ गतेदेखि बाँकी दिनको )  वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ । बैंक तथा वालेटको क्युआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।