२०८३ श्रावण २१ , बिहिवार

पल्सरको २५ वर्ष : नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

IMG 1 (4)

सुनाखरी न्युज / काठमाडौं ।
पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले  #MyPulsarStory  नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।

यस अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्दछ। पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्नेछ।

सहभागीहरूले भिडियो, संगीत, एआई  (AI)  आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानको मुख्य आधार भनेको वास्तविक र मौलिक अनुभव हो। उत्कृष्ट कथाहरूले “25 Years of Daring the World”  को भावना झल्काउनुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्नेछ।