
सुनाखरी न्युज / काठमाडौं ।
पत्रकारको परिचयपत्र देखाएर प्रहरीको आँखा छल्दै लागुऔषधको अवैध ओसारपसार गर्ने गरेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन्।
कारको गियर बक्सभित्र विशेष रूपले लुकाएर ल्याइएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ( ब्राउन सुगर ) बरामद गरिएको छ । कार चालक उमेशकुमार यादवको साथबाट लहान–२२ सिरहा ठेगाना उल्लेख भएको ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको पत्रकार परिचयपत्रसमेत बरामद भएको छ ।