२०८३ श्रावण २१ , बिहिवार

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीको सामूहिक वार्ता, के के भयो कुराकानी ?

ed_nrb4-1024×596

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सामुहिक वार्ता गरेका छन् ।

अर्थमन्त्री वाग्लेले अहिलेसम्म कहिल्यै नभएको अभ्यास शुरु गरेका छन् । इतिहासमै पहिलोपटक अर्थमन्त्री आफैँले राष्ट्रबैंकका कार्यकारी निर्देशकहरूसँग सामूहिक रुपमा प्रत्यक्ष बैठक गरेका छन् ।

त्यतिमात्रै होइन, बुधवार छलफल सुरु गर्नुअघि मन्त्री वाग्लेले ‘डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने छ’ भनेको सहभागी एक कार्यकारी निर्देशकले बताए ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर सिफारिस गर्ने अधिकार गभर्नरलाई हुन्छ । तर, मन्त्री वाग्लेले आफ्नो विश्वासका मान्छे पहिचानका लागि सबै कार्यकारी निर्देशकसँग छलफल डाकेको स्पष्ट संकेत दिएका छन् ।

 

नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नरका लागि सबै कार्यकारी निर्देशक योग्य हुन्छन् । केन्द्रीय बैंकमा १८ कार्यकारी निर्देशक छन् ।