
सुनाखरी न्युज / काठमाडौं ।
चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको ७४ वर्षको मंगलवार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ।
कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेताले मंगलबार अन्तिम सास लिए । त्यसपछि उनको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो ।रावतको अन्तिम हिन्दी चलचित्र छावा थियो, जुन १४ फेब्रुअरी २०२५ मा प्रदर्शनमा आएको थियो।
उनले आफ्नो अभिनय यात्रा बी.आर. चोपडा प्रोडक्सन्सको चर्चित टेलिभिजन शृंखला महाभारतमा अश्वत्थामाको भूमिकाबाट सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी भाषाका चलचित्रमा अभिनय गर्दै भारतीय चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएका थिए। हालै ‘आबाट आमा–२’ को छायांकन सकिएको छ। यो सिनेमा रिलिज हुन भने बाँकी छ।