
सुनाखरी न्युज / काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन् ।उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।
भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् । वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले थपलियाको उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा रहेको जानकारी दिए।