
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री र डा. स्वर्णिम वाग्ले र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू बीच छलफल भएको छ । अर्थमन्त्री र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले उद्यमीको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने विषयमा छलफल भएको अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको भनाइ छ ।
औपचारिक छलफल नभइ अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणका रुपमा मंगलबारको भेटघाटलाई लिन अर्थमन्त्रीले बैंकरलाई सुझाए ।
निजी उद्योगीहरूसँगको संवादपछि वित्तीय प्रणालीका नेतृत्वकर्तासँग छलफल गरिएको मन्त्री वाग्लेले बताए ।
।’