२०८३ श्रावण १९ , मंगलबार

राष्ट्र बैंक ऐन संशोधनबारे संसदीय समितिमा छलफल

artha_samitee-1024×575

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयकमाथि अर्थ समितिमा मंगलबार  छलफल भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलका क्रममा  राष्ट्र बैंकको संरचनाका सन्दर्भमा सञ्चालक समिति ७ जनाको उपयुक्त हुने धारणा राखे । कम्तीमा १ जना महिलासहित, ७ जना सञ्चालक समिति हुनुपर्नेमा उनले जोड दिए । सञ्चालक समितिमा अर्थ सचिवको उपस्थिति अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । वित्त तथा मौद्रिक नीतिको समन्वयका लागि पनि यो जरुरत रहेको उनको भनाइ छ ।

 

त्यस्तै ३ जना डेपुटी गभर्नरको संख्या बढी हुने उल्लेख गर्दै उनले २ जना नै उपयुक्त हुने बताए । सञ्चालक समितिमा बस्नेको योग्यता गभर्नरजतिको राख्नु उपयुक्त नै हुने उनको भनाइ छ ।

त्यस्तै दफा १०६ मा रहेको नेपाल सरकारले प्रत्येक्ष निर्देशन दिन सक्ने बुँदा हटाएपछि राष्ट्र बैंकमाथि हस्तक्षेप हुने गरेका गुनासा पनि नरहने उनले बताए । राष्ट्र बैंक ऐनलाई धेरै चलाउन नहुनेमा उनले जोड दिए ।