२०८३ श्रावण १८ , सोमवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

12-gold

सुनाखरी न्युज  / काठमाडौं ।

सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ८ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार कायम भएको छ चाँदी ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।