
सुनाखरी न्युज / काठमाडौं ।
अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले माइतीघर काठमाण्डौमा आधा घण्टा प्रदर्शन गरेको छ ।
२०८३ साउन १८ गते सोमबार दिउँसो भएको प्रदर्शनमा सहभागीहरूले हिंसा र घृणालाई खारेज गरौँ, तोड्न होइन जोडन योगदान गरौँ, पीडितलाई न्याय र दोषीलाई सजाय सुनिश्चित गर भन्ने प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति, सभापति, पूर्व सभापतिहरू, केन्द्रीय समितिका पदाधिकारीहरूसहित ३ दर्जन शान्तिवादीहरूको सहभागिता थियो । सद्भाव र सहिष्णुता प्रवद्र्धनका लागि शान्ति समाजले सुरु गरेको सद्भाव एकता अभियान अन्तर्गत पाल्पा सल्यान र सुर्खेतमा सद्भाव एकता र्याली सम्पन्न भईसकेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज