२०८३ श्रावण १८ , सोमवार

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज  / काठमाडौं ।

आजको राशिफल

मेष  ( चू, चे, चो, ला, लि, लू, ले, लो, अ ) :  प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ। समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग छ। गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ।
वृष  (  ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो )  :  साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। व्यापार, सेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ। शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ।
मिथुन  ( का, की, कू, घ, ङ, छ, के, को, हा )  :  पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ। नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना छ। लक्ष्य प्राप्तिका लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन्। पढाइलेखाइमा अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ।

कर्कट  ( ही, हू, हे, हो, डा, डी, डु, डे, डो )  :  खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ। पढाइलेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ। स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जाने तथा पतिपत्नीबीच अझ विश्वास बढेर जानेछ।

सिंह  ( मा, मी, मू, मे, मो, टा, टी, टू, टे )  :   व्यापार व्यवसायमा लगानी गर्नका लागि केही समय कुर्नु नै उत्तम हुनेछ। काम गर्दा ध्यान दिनुहोला, ऋण तथा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ। मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ। आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ।

कन्या  ( टो, पा, पी, पू, ष, ण, ठ, पे, पो )  :  आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ। मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरू हुनेछन्। व्यापार तथा वित्तीय बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आफ्नै मेहनतले जीवनशैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ।

तुला  ( रा, री, रु, रे, रो, ता, ती, तू, ते )  :  पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईंको हातमा पर्नेछ। मायाप्रेमका कोपिलाहरू फक्रनेछन् भने पतिपत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ।

वृश्चिक  ( तो, ना, नी, नू, ने, नो, या, यी, यू )  :  अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ। खाद्यान्न, निर्माण सामग्री तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। उपहारका रूपमा विलासी वस्तु हातलागी हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ।

धनु  ( ये, यो, भा, भी, भू, ध, फा, ढा, भे ) :  मायाप्रेममा अविश्वास सिर्जना हुनेछ भने घरपरिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ। समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ। आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैनी बढ्नेछ।

मकर  ( भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी )  :  व्यापार, सेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ। यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ। विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन्।

कुम्भ ( गू, गे, गो, सा, सी, सू, से, सो, दा )  :  कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ। बोलीको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ।

मीन  ( दी, दू, थ, झ, ञ, दे, दो, चा, ची  ) :  प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन्।