२०८३ श्रावण १७ , आइतवार

सिक्री लुटेर भागेका व्यक्तिलाई प्रहरीले गोली हानेर समात्यो

ktm-goli_16BOmr35E8-768×424

सुनाखरी न्युज  / काठमाडौं ।

प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुरुमा हवाई फायर गरी उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। गोली उनको घुँडामुनिको भागमा लागेको प्रहरीले जनाएको छ।

घाइते तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।