
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।प्रहरी वृत्त बौद्धका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
अहिले दमकलसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको उनले बताए । आगो करिब नियन्त्रणको अवस्थामा रहेको पनि उनले बताए ।
‘आगो करिब करिब नियन्त्रणको चरणमा छ,’ उनले भने । आगलागीको कारणबारे खुलिसकेको छैन ।९ वटा दमकल, तीन वटा पानी ट्याङ्कर तथा स्थानीयवासीको सहयोगमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा टहराको जस्ताबाट खसेर घाइते भएका छन्।