२०८३ श्रावण १७ , आइतवार

दीपमाला ढकाल बनिन् ‘मिस नेपाल वर्ल्ड २०२६’

FB_IMG_1785595338649-1-768×753

सुनाखरी न्युज  / काठमाडौं ।

मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा शनिबार आयोजित भव्य ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी हुन्। प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्।

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायक मण्डलको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको हो।यस वर्षको मिस नेपाल प्रतियोगिता ‘टप अफ द वर्ल्ड’ भन्ने नारासहित आयोजना गरिएको थियो।

प्रतियोगितामा विभिन्न क्षेत्रका २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिता हो। यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।