
सुनाखरी न्युज/ काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा ज्यान गुमाएका निर्मला पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रड पिक आरोहणका निर्मल पुर्जासहित ६ नेपाली र चार विदेशी आरोहीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
उनले भनेका छन्, ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ ब्रड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा ( निम्स दाइ ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।’ प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।’ तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनले बताएका छन् ।