२०८३ श्रावण १६ , शनिवार

चर्चित बलिउड अभिनेता विक्रान्त मास्से काठमाडौंमा

download

 

सुनाखरी न्युज/ काठमाडौँ ।

चर्चित भारतीय अभिनेता विक्रान्त मास्से एक कार्यक्रममा सहभागी हुन शनिबार काठमाडौं आइपुगेका छन् ।

सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।यसअघि शुक्रबार बलिउड अभिनेत्री शिल्पा सेट्ठी पनि उक्त कार्यक्रममा सहभागी हुन काठमाडौं आएकी थिइन् ।

दुई दिने कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर पनि सहभागी हुने बताइएको छ ।कार्यक्रममा नेपाली अभिनेत्री मनिषा कोइरालासमेत सहभागी हुने आयोजकले जनाएको छ ।