२०८३ श्रावण १५ , शुक्रवार

बढ्यो सुनचाँदीको मूल्य

Gold Silver

सुनाखरी न्युज/ काठमाडौँ ।

सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार बढेर प्रतितोला दुई लाख ८५ हजारमा किनबेच भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ५० रूपैयाँ बढेर चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।