२०८३ श्रावण १५ , शुक्रवार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

bhupendra-bhandari

सुनाखरी न्युज/ काठमाडौँ ।

स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ।भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए ।

त्यसपछि टेरामक्स प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए ।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले अभियुक्त भण्डारीलाई केहीबेरमा अदालतमा उपस्थित गराउन लागेको प्रवक्ता जबराले बताए ।