
सुनाखरी न्युज/ काठमाडौँ ।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको भयानक हिमपहिरोपछि खटिएको भू-उद्धार टोलीले ४ जनाको शव फेला पारेको छ। एल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुसार फेला परेका शवहरूको पहिचान खुल्न अझै बाँकी रहेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले भनेका छन्, ‘उद्धारकर्ता र आवश्यक सामग्रीसहित उद्धार हेलिकप्टरहरू ब्रोड पिकमा खटाइएको छ। यसैबीच, स्थलगत उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ।’
पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ, नेपालका पुरबहादुर गुरुङ र किली पेम्बा शेर्पाको शव भेटिएको हो । ब्रोड फिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । पहिरोमा परेर विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहि १० जना आरोही हराएका थिए ।