२०८३ श्रावण १५ , शुक्रवार

सिंहदरबारमा मधेशी दलका नेताहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

pm-balen-cover1

सुनाखरी न्युज/ काठमाडौँ ।

प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा तराई-मधेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर विचार-विमर्श भइरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता सहभागी छन् ।