२०८३ श्रावण १५ , शुक्रवार

घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे विराट नर्सिङ अस्पताल

Sudan-Gurung-4-1024×646

सुनाखरी न्युज/ काठमाडौँ ।

गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न विराट नर्सिङ अस्पताल पुगेका छन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि अस्पताल पुगेकी छन्।

मन्त्रीद्वयले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।