
सुनाखरी न्युज/ काठमाडौँ ।
गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाँदैछन् । उनले सुनसरी पुगेर सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । विहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए ।
उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेका हुन्। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि तनाव अन्य जिल्लामा समेत फैलिन थालेपछि सरकार उच्चस्तरीय रूपमा परिस्थितिको अनुगमन र समन्वयमा जुटेको छ।