
सुनाखरी न्युज/ काठमाडौँ ।
मधेश मुक्ति अभियानले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठकपछि संगठनको केन्द्रीय समिति सदस्यहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ। अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा संगठन विस्तार, भावी कार्ययोजना तथा जनसम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यो निर्णय गरिएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार, केन्द्रीय समितिको नियमित बैठकमा संगठनका समसामयिक गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्यक्रमका विषयमा गहन समीक्षा र विस्तृत छलफल गरिएको थियो।
बैठकमा केन्द्रीय समिति सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्ने वा केही समय पछि गर्ने विषयमा समेत व्यापक बहस भएको जनाइएको छ। अभियानका अनुसार छलफलपश्चात संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले सर्वसम्मत निर्णयमार्फत केन्द्रीय समिति सदस्यहरूको नामावली सार्वजनिक गरिएको हो। साथै, आगामी दिनमा संगठन विस्तार, नीति तथा कार्यक्रम निर्माण, जनसम्पर्क अभिवृद्धि र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय समेत बैठकले गरेको जनाएको छ।
प्रेस विज्ञप्तिमा सार्वजनिक गरिएको नामावलीअनुसार अश्विनी कुमार केन्द्रीय संयोजक रहेका छन् भने प्रवीण झा केन्द्रीय सह–संयोजक तथा मनोज यादव महासचिवको जिम्मेवारीमा छन्।
त्यसैगरी नन्दिनी पासवान उपमहासचिव, प्रियांशी महतो सचिव, लक्ष्मण दास सहसचिव तथा प्रभु साह कोषाध्यक्ष चयन भएका छन्। सह–कोषाध्यक्षमा सीमा देवी चौधरी, प्रवक्तामा कुमार भागिरथ र सह–प्रवक्तामा दीपक मेहता रहेका छन्। यसैगरी संगठन विभाग प्रमुखमा सुस्वेत यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुशांक खतुवे, प्रशिक्षण विभाग प्रमुखमा सागर मिश्रा, नीति तथा अनुसन्धान विभाग प्रमुखमा सविना साह, कानुनी विभाग प्रमुखमा बबिता रजक, युवा विभाग प्रमुखमा पिंटु सिंह, महिला विभाग प्रमुखमा समीक्षा चौधरी थारु, विद्यार्थी विभाग प्रमुखमा गायत्री शाक्य, श्रमिक विभाग प्रमुखमा संग्राम सदा मुसहर, किसान विभाग प्रमुखमा चन्द्र प्रकाश मेहता, सूचना तथा सञ्चार विभाग प्रमुखमा सितेश यादव तथा सांस्कृतिक विभाग प्रमुखमा संजय अधिकारी रहेका छन्।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा रामेश्वर राय यादव, महन्थ साह तेली, राजेन्द्र यादव, उपेन्द्र मेहता, अनिल कुमार पाठक, हृदयेन्द पासवान, प्रभास सदा, सरिता चौधरी, दीपिका चौधरी थारु, रामसेवक ठाकुर बरही, चैतन्य कुमार राउत, प्रकाश राउत र पवन नारायण माझी रहेका छन्। प्रेस विज्ञप्तिमा मधेश मुक्ति अभियानले आगामी दिनमा संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै मधेशी समुदायको अधिकार, पहिचान, स्वाभिमान तथा सामाजिक–राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अभियानले संगठनात्मक एकता, जनसहभागिता र योजनाबद्ध कार्यक्रममार्फत आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य समेत सार्वजनिक गरेको जनाएको छ। विज्ञप्तिमा केन्द्रीय समिति सदस्यहरूको नामावली सार्वजनिक हुनु संगठनको संस्थागत विकास र आगामी रणनीतिक कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण कदम भएको उल्लेख गरिएको छ। साथै, सम्पूर्ण पदाधिकारी, विभागीय प्रमुख तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै अभियानलाई थप सशक्त बनाउन आग्रह गरिएको छ।
