
सुनाखरी न्युज/ काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन्। सभामुख आर्यालले विहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए ।