२०८३ श्रावण १४ , बिहिवार

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन

Laxmi-Sunrise-Bank

सुनाखरी न्युज/ काठमाडौँ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्रीका लागि सार्वजनिक निष्कासन खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । प्रति इकाइ १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाइ ऋणपत्र निश्कासन गरेको हो ।

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।

१० वर्ष अवधि र ७ प्रतिशत वार्षिक ब्याजदर रहेको यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ । छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि बिक्री बन्द हुनेछ ।