२०८३ श्रावण १४ , बिहिवार

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad-baithak-2-760×500

सुनाखरी न्युज/ काठमाडौँ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११:०० बजेका लागि बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । श्रेष्ठको हालै भएको निधनप्रति संसद्ले श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नेछ । अर्कातर्फ, आजै बिहान ११:०० बजे विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।