२०८३ श्रावण १३ , बुधवार

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) को केन्द्रीय समिति बैठक सुरु

RSP-Meeting-1-1

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) को केन्द्रीय समिति बैठक जारी छ। वनस्थलीस्थित घण्टीघरमा केही समयअघिबाट बैठक बसेको हो।
वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकको सुरुवातमा शपथ खान छुटेकी केही केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैठकको सुरुआतमा सभापति रवि लामिछानेले समसामयिक विषयमा ब्रिफिङ गरेका छन्।